भारतको केरलामा बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या २६ पुग्यो

 कात्तिक १, २०७८ सोमबार ८:५५:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको दक्षिणी राज्य केरलामा वर्षा र त्यसपछिको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । अझै केहि बेपत्ता छन् ।

केरलाका दुई जिल्ला इदुकी र कोट्याममा बाढी र पहिरोले जनधनको क्षति गरेको छ । बाढीका कारण स्थानीय सडक बन्द भएका छन् । विद्युत् सेवा पनि प्रभावित भएको छ । सडक, सञ्चार प्रभावित हुँदा शहर र गाउँको सम्पर्क विच्छेद भएको बीबीसी हिन्दीले जनाएको छ । राहत तथा उद्धारका काममा सुरक्षाकर्मी खटिएका छन् ।

सन् २०१८ मा केरलामा एक शताब्दीयताकै ठूलो बाढी आउँदा झण्डै चार सय जनाको ज्यान गएको थियो भने १० लाखभन्दा धेरै नागरिक विस्थापित भएका थिए ।
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया