जम्मु–कश्मिरमा भारतीय सेना र आतंकवादीबीच भिडन्त : एक हप्तामा कम्तीमा २२ जनाको ज्यान गयो

 कात्तिक १, २०७८ सोमबार ११:८:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको जम्मु–कश्मिरमा भारतीय सेना र आतंकवादी समूहबीच गएको सोमबारदेखि भिडन्त हुँदै आएको छ । एक हप्तामा भिडन्तमा परेर कम्तीमा २२ जनाको ज्यान गएको छ ।

भारतीय सेनाका ९ जना मारिएका बीबीसी हिन्दीले जनाएको छ । आतंकवादी समूहका १३ जना मारिएको भारतीय सेनाको दाबी छ । गएको सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध सेनाले अपरेशन सुरु गरेको थियो । अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको जंगलमा भिडन्त भैरहेको खबरमा उल्लेख छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया