अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबानको दाबी

 कात्तिक २, २०७८ मंगलबार ७:२७:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानका छात्रा छिट्टै विद्यालय जान पाउने तालिबान समूहले जनाएको छ । अफगानिस्तानमा तालिबानको सरकार बनेपछि छात्रलाई विद्यालय जान दिइएको तर छात्रालाई नदिएको भन्दै विश्वभरबाट आलोचना हुँदै आएको छ ।

विरोध र आलोचना गर्नेहरुको दबाबका कारण तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान पाउनेगरी व्यवस्था गर्न लागिएको स्पष्ट पारेको छ । तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ताले कहिलेदेखि छात्रालाई विद्यालय खुल्ला हुन्छ भन्नेबारेमा भने बताएका छैनन् ।

त्यसैगरी विद्यालय तथा विश्वविद्यालयका महिला कर्मचारी तथा शिक्षिकालाई पनि काम गर्न अनुमति दिइएको गृह प्रवक्तालाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ । यसअघि सन् १९९६ देखि २००१ सम्म तालिबान सरकारले कठोर शासन व्यवस्था लागू गरेकाले अहिले पनि त्यस्तै शासन व्यवस्था लागू हुने हो कि भन्ने धेरैको आशङ्का छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया