दीपकराज गिरीले किने महंगो कार, दीपाश्रीले लेखिन् ‘राजाको सवारी’

 बैशाख २१, २०७५ शुक्रबार १८:१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, वैशाख २१ –अभिनेता दीपकराज गिरीले टाटाको हेक्जा खरिद गरेका छन् । योसँगै दीपकराज गिरी महंगो सवारी साधन प्रयोग गर्ने नेपाली सेलिब्रेटीको सूचीमा परेका छन् । 

हेक्जाको बजार मूल्य झण्डै ८० लाख पर्न आउँछ । यसअघि उनले सिल्भर कलरको सुजुकी डिजायर चढ्दै आएका थिए । कार खरिद गरिसकेपछि खुशी देखिएका अभिनेता गिरीले आफ्नो नियमित काम जस्तै सामान्य लागेको बताएका छन् ।

हामीसँग कुराकानी गर्दै उनले भने, ‘सुजुकी डिजायर चढेको पनि लगभग ४ वर्ष बढी भएछ । त्यो चेन्ज गर्नु पनि थियो । यात्रालाई अलि सहज र सुरक्षित बनाउनका लागि पनि नयाँ किन्न चाहिरहेको थिएँ । अन्तत:  टाटाको हेक्जा जुर्न गयो । मनमा त खुशी भै नै हाल्छ तर यो सामान्य प्रक्रियाकै रुपमा लिएको छु ।’  

रेडियो नाटक, टेलिभिजनमा हाँस्यव्यङ्ग्य सिरिज ‘तितो सत्य’ हुँदै ठूलो पर्दामा ‘छक्का पञ्जा’ जस्ता कीर्तिमानी सिनेमा निर्माण गरेका गिरीको जीवनमा यो अर्को महत्वपूर्ण उपलब्धी मान्न सकिन्छ । काठमाडौंको थानकोटमा जन्मेका भए पनि कलाकारिताको लागि संघर्ष गर्ने क्रममा कैयौँ किलोमिटर पैदल हिँडेका उनी टाटाको हेक्जा खरिद गर्दा उनी खुशी देखिन्थे । 

थानकोटबाट सिंहदरबारमा रेडियो नाटक गर्न आउने–जाने गिरी पहिलो पटक साइकल चढ्दा संसारकै खतरा मान्छे आफूलाई सम्झन्थेँ । कलाकारितामा निरन्तर लागि परेका गिरीले टाटाको हेक्जा खरिद गर पछि ‘छक्का पञ्जा’ टिमले सामाजिक सञ्जालमा खुशी साटासाट गर्दै फोटो पोष्ट गरेका छन् । 

यही खुशी साट्ने क्रममा दीपाश्री निरौलाले ‘राजाको सवारी’ भनेर फोटो पोष्ट गरेकी छन् । 

दीपाश्री निरौलाले भनेजस्तै उनको सवारी अब राजाकै जस्तो हुनेछ । आफ्नो कलाकारिताको राम्रै प्रभाव जमाउन सफल दीपकराज गिरीलाई अचेल राजा पनि भनेर भन्न थालेका छन् । खास कीर्तिमानी सिनेमा‘छक्का पञ्जा’को पात्रको नाम राजाले विशेष छाप छोडेका कारण पनि उनलाई राजा नामले बोलाउन थालिएको हो । सुन्नमा आए अनुसार आरामदायी टाटाको हेक्जा‘छक्का पञ्जा ३’को सुटिङमा प्रयोग हुनेछ । 

‘छक्का पञ्जा ३’यही वैशाख अन्तिम सातादेखि फ्लोरमा जानेछ । जे होस् राजा अर्थात दीपकराज गिरीको सवारी अब टाटाको हेक्जामा  हुने भएको छ । राजालाई शुभकामना । 

 

-उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया