उत्तर कोरियाद्वारा जापानी समुद्री तट नजिक क्षेप्यास्त्र प्रहार

 कात्तिक २, २०७८ मंगलबार १९:९:४१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उत्तर कोरियाले जापानी तटनजिक क्षेप्यास्त्र प्रहार गरेको छ । जापान र दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार उत्तर कोरियाले बिहान पूर्वी तटीय क्षेत्रमा कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उत्तर कोरियाका विषयमा दक्षिण कोरिया, जापान र अमेरिकाका जासुसी संस्थाका प्रमुखबीच वार्ता हुन गइरहेका बेला क्षेप्यास्त्र प्रहार भएको हो । क्षेप्यास्त्र जापानी समुद्रमा खसेको खबरमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले लगातार आफ्ना हतियार विकास कार्यक्रमलाई विस्तार गरिरहेको छ । उसले लगातार क्षेप्यास्त्र परीक्षणसमेत गर्दै आएको छ ।

दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले हाइपरसोनिक, लामो दुरीको क्रुज क्षेप्यास्त्र र एन्टी–एअरक्राफ्ट हतियारको परीक्षण गरेको छ ।    

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया