नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
चितवन – एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको बुलेट नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ ।
जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय एचआर ६९ पी ६९७३ नम्बरको बुलेट १ः२० बजे नदीमा खसेको हो । चालक भने हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मुग्लिनमा उपचार भइरहेको छ ।
बुलेट नदीले बगाएर जुगेडी ल्याइपुर्याएको जनाइएको छ । प्रहरीका अनुसार त्यसमा अन्य व्यक्ति छैनन् । अनियन्त्रित भई त्रिशूलीमा खसेको बुलेट नदीबाट निकाल्ने प्रयास भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।