चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – लगातार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज भने बढेको छ । नेप्से आज ६० दशमलव ५६ अङ्कले बढेर दुई हजार पाँच सय ७१ दशमलव ६६ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर ३२ अङ्कले, विकास बैंक समूहको एक सय ४१, व्यापारको ९०, होटलको ९२, फाइनान्सको एक सय २१ र माइक्रोफाइनान्स समूहको शेयर ९९ अङ्कले बढेको छ ।
यस्तै जलविद्युत् समूहको शेयर एक सय आठ अङ्कले, जीवन बीमा समूहको एक सय ८९ अङ्कले, निर्जीवन बीमा समूहको दुई सय ४८, उत्पादन समूहको एक सय २२ र अन्य समूहको शेयर ६३ अङ्कले बढेको छ ।
आज दुई सय १७ वटा कम्पनीको शेयर कारोबार भएकोमा १२ वटाबाहेक सबैको शेयर बढेको छ । सबैभन्दा धेरै मैलुङ खोला हाइड्रो, आँखु खोला जलविद्युत्, युनिभर्सल पावर कम्पनी, सीईडीबी हाइड्रो र नेशनल हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज नेप्से बढे पनि कारोबार सङ्ख्या र रकम भने घटेको छ । आज ६१ लाख एक हजार कित्ता शेयर दुई अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।