भोजपुरको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र शुरू
माघ २२, २०८१ मंगलबार
काठमाण्डौ – हिजो बढेको शेयर बजार परिसूचक नेप्से आज विहीबार फेरि घटेको छ ।
काराेबार हुने हप्ताको अन्तिम दिन नेप्से आज १४ दशमलव सात अङ्कले घटेर दुई हजार पाँच सय ५६ दशमलव ९५ विन्दुमा झरेको छ । आज म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।
उत्पादन, व्यापार, जलविद्युत् र विकास बैङ्क समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय १६ वटा कम्पनीका ६१ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ६३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
जोशी हाइड्रो र गुडवील फाइनान्स शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।
समग्र बजार घटे पनि मेरो माइक्रो फाइनान्स लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।