आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – उत्तर प्रदेशको फिरोजाबादमा चोरहरूबाट चोरीको पैसा लिएर सुरक्षित जिल्ला पार गराएको आरोपमा चार प्रहरीलाई पक्राउ गरिएको छ ।
फिरोजाबादका एसएसपी अशोक कुमारले बीबीसीसँग भने, ‘यस्तै कठोर कारबाहीबाट नै प्रहरीलाई सुधार्न सकिन्छ ।’
— Firozabad Police (@firozabadpolice) October 19, 2021
गएको अक्टोबर १५ मा रसूलपुर प्रहरी चौकीमा एक डेलिभरी अटोबाट एक लाख १० हजार भारु चोरी भएको थियो । चोरहरूले ड्राइभिङ सिट काटेर पैसा निकालेका थिए ।
पीडित गौरव घर पुगेपछि पैसा नदेखेपछि रसूलपुर प्रहरी चौकीमा जानकारी दिए । चोरीको पूरा घटनाक्रम सीसीटीभीमा कैद भएको थियो ।
एसएसपी अशोक कुमारले भने, ‘घटनाको स्पष्ट फुटेज थियो । चोरले अटोबाट पैसा निकालिरहेको देखिएको थियो । हामीले पूरै जिल्लामा सतर्कता अपनायौँ र नाकाबन्दी गरेर चाँज गर्यौँ ।’
अक्टोबर १८ मा चोरी गर्ने दुई चोर पक्राउ परेका थिए । त्यसपछि चोरहरूलाई चोरी भएको पैसाको बारेमा सोध्दा पैसा प्रहरीले लगेको बताएका थिए ।
जाँचका क्रममा प्रहरी चौकीमा रहेका एसआई सुनील चन्द र उनको टिमले चोरहरूबाट चोरीको पैसा लिएपछि उनीहरूलाई आफ्नो गाडीबाट एस्कर्ट (पहरा दिएर) गरेर फिरोजाबाद जिल्लाको सीमा पार गराएका थिए ।
त्यसपछि प्रहरीले चोरहरूलाई लुट्ने पूरै प्रहरी टिमलाई पक्राउ गरेर जेल पठायो र पैसा पनि बरामद गर्यो । पक्राउ पर्ने प्रहरीमा एक एसआई, दुई सिपाही र एक प्रहरी जीपका चालक रहेका छन् ।