चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका प्रतिरक्षामा उत्रने

 कात्तिक ५, २०७८ शुक्रबार १३:१८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका ताइवानको प्रतिरक्षामा उत्रिने बताउनु भएको छ । उहाँले ताइवानको रक्षाका लागि आफूहरु प्रतिबद्ध रहेको बताउनु भएको हो ।

अमेरिकाले गोप्य रुपमा ताइवानका सेनालाई प्रशिक्षण दिइरहेको छ । राष्ट्रपति बाइडेनले अमेरिकी सेना नै सबैभन्दा शक्तिशाली हो भन्ने कुरा विश्वलाई थाहा भएको कुरा भन्दै ताइवानमाथि दबाब नपार्न आग्रह गर्नु भएको छ ।

बाइडेनको यो भनाइलाई ताइवानलाई आफ्नो हिस्सा मान्ने चीनले ताइवानमाथि थप दबाब बढाएमा अमेरिकाले सैन्य कदम चाल्न सक्ने सङ्केतको रुपमा विश्लेषण गरिएको छ । यसअघि ताइवानले पनि आफ्नो देशमा दबाब नबढाउन चीनलाई चेतावनी दिएको थियो ।

ताइवानका राष्ट्रपतिले आफ्नो देशको रक्षाका लागि जस्तोसुकै कदम चाल्ने बताउनु भएको थियो । ताइवानले आफूलाई स्वतन्त्र देश मान्दै आए पनि चीनले भने ताइवानलाई आफ्नै हिस्सा मान्दै आएको छ । 
 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया