ठूला उद्योगमा 'लोडशेडिङ' शुरू, माथिल्लाे तामाकोशी पूर्ण क्षमत...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – यो वर्षको अक्टोबर महिनामा सन् २००९ पछिका अक्टोबरमध्ये सबैभन्दा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कले देखाएको छ ।
नेपालमा ६६ मिलिमिटर पानी पर्नुलाई सरदर वर्षा मान्ने गरिएको छ । काठमाण्डौमा मात्रै यो महिनामा ६७ दशमलव २ मिलिमिटर पानी परेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष हिउँदमा पनि 'औसतभन्दा बढी' पानी पर्ने सम्भावना देखिएको छ ।
प्रदेश नम्बर १, २, वाग्मती र लुम्बिनी प्रदेशका तराईका जिल्लामा अक्टोबर, नोभेम्बर र डिसेम्बरमा सरदरभन्दा बढी वर्षा हुने अनुमान छ । अहिले प्रदेश १ र वाग्मती प्रदेशको एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । देशभरका अन्य ठाउँमा भने सामान्य बद्ली रहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।
आज राति प्रदेश १, वाग्मती, र गण्डकी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन, चट्याङससहित हल्का पानी पर्ने सम्भावना रहेको छ । यो क्रम भोलि शनिवार पनि रहने भएकाले खेतीबालीको काम गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
गएकाे आइतवारदेखि लगातार पाँच दिनसम्म परेको पानीले देशका धेरै ठाउँमा बाढी, पहिरो जानुका साथै तराईका धेरै ठाउँ डुबानमा परेका छन् ।
हिजो शुक्रवार मौसम सफा भएर घाम लागे पनि फेरि पश्चिमी वायुको प्रभावले मौसम धुम्मिएको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा आज मौसम बदली भएको छ । काठमाण्डौमा केही चिसो महसुस गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।