अमेरिकी राष्ट्रपति ट्रम्पलाई दक्षिण अफ्रिकाको जवाफ, किसानको साम...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - अमेरिकी डलरको भाउ फेरि बढेको छ । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर एक सय २० रुपैयाँ १३ पैसा तोकेको छ ।
हिजो बिक्रीदर एक सय २० रुपैयाँ ०८ पैसा कायम भएको थियो । यसअघि २०७६ चैतमा अमेरिकी डलरको बिक्रीदर एक सय २१ रुपैयाँ ६९ पैसा थियो । त्यसअघि २०७५ असोजमा एक अमेरिकी डलरको बिक्रीदर एक सय २२ रुपैयाँ ६१ पैसा थियो ।
पछिल्ला महिनामा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा पनि परेको हो । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ ।
यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुन्छ । कोभिड-१९ पछि भारतीय अर्थतन्त्र पनि अपेक्षित रुपमा सुधार हुन सकेको छैन । यसको प्रत्यक्ष असर नेपाली मुद्रामा समेत परेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।