जन्मदर्ताका लागि १० हजार रुपैयाँ माग, प्रमाणपत्र नहुँदा विद्यालयमा राेकियाे भर्ना

 कात्तिक ६, २०७८ शनिबार १५:४२:२ | रासस
unn.prixa.net

महाेत्तरी – महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ५ ले जन्मदर्ताका लागि १० हजार रुपैयाँ मागेपछि एउटा परिवारका बालबालिका विद्यालय जान पाएका छैनन् । स्थानीय रिङ्कु देवीले आफ्ना चार सन्तानको जन्मतदर्ताका लागि रामबहादुर महतो र कम्प्युटर अपरेटर ऐबुल राईले १० हजार रुपैयाँ मागेपछि छोराछोरीलाई विद्यालय पठाउन नसकेको बताउनुभयो ।

विद्यालयमा नाम लेख्न जन्मदर्ता मागेपछि जन्मदर्ताका लागि आफू एक वर्षदेखि वडा कार्यालय धाइरहे पनि नपाएको उहाँले दु:खेसाे पाेख्नुभयो । आफूसँग १० हजार रुपैयाँ नभएकोले जन्मदर्ता लिन नपाएको रिङ्कुदेवीको गुनासो छ । आठ महिनाअघि नै आफूले एक हजार रुपैयाँ बुझाइसकेको र थप नौ हजार रुपैयाँ जुटाउन नसक्दा जन्मदर्ता लिन नपाएको उहाँले बताउनुभयो ।

अर्का स्थानीयबासी रामनारायण यादवले पनि आफ्ना दुई सन्तानको जन्मदर्ता बनाउन जाँदा वडाध्यक्ष र कम्प्युटर अपरेटरले १० हजार रुपैयाँ मागेपछि वार्षिक ३६ प्रतिशत व्याजदरमा ऋण लिएर रकम बुझाएको बताउनुभयो । स्थानीयवासी भानु यादवले पनि तीन सन्तानको जन्मदर्ता बनाउन १० हजार तिर्नुपरेको बताउनुभयो । जन्मदर्ता गर्दा १० हजार तिर्नुपरेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष महतोलाई गएको असोज २४ गते १० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ ।

मटिहानी नगरपालिकाको सबैजसो वडाले जन्मदर्ता, विवाह दर्ता, मुत्यु तथा अन्य व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र बनाउँदा पाँच सय देखि एक हजार रुपैयाँसम्म असुल गर्ने गरेका स्थानीयबासिन्दा बताउँछन् । जन्म, मृत्यु, विवाह लगायत सामाजिक दर्ता ३५ दिनभित्र निःशुल्क दर्ता गर्ने र ३५ दिन नाघेपछि  दुई सय रुपैयाँ जरिबाना गरी दर्ता गर्ने सरकारी प्रावधान छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया