सन् २०६० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने साउदी अरेबियाको भनाइ

 कात्तिक ६, २०७८ शनिबार १८:१४:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ ।

कोप २६ सम्मेलन हुनुभन्दा केही दिन अघि साउदीका राजकुमार मोहम्मद बिन सलमानले यस्तो घोषणा गर्नुभएको समाचारसंस्था एएफपीले जनाएको छ । राजकुमार सलमानले साउदी ग्रीन इनिसिएटिभ फोरममा रेकर्ड गरिएको कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले घटाउने पनि प्रतिबद्धता जनाउनुभएको छ ।

साउदी ग्रीन एनिसिएटिभले हरेक वर्ष कार्बन उत्सर्जन दुई सय ७८ मिलियन टन घटाउने लक्ष्य लिएको छ । सन् २०१८ मा साउदीले शून्य दशमलव ६२ गिगाटन कार्बनडाइअक्साइड उत्सर्जन गरेको थियो । गएको मार्चमा साउदीले तेल प्रयोग हुने झण्डै ५० प्रतिशत क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरेर कार्बन उत्सर्जन घटाउने बताएको थियो । यस्तै साउदीले कार्बन उत्सर्जन घटाउनका लागि सन् २०३० सम्म अर्बौ बिरुवाहरु रोप्ने प्रतिबद्धतासमेत जनाएको छ । 
 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया