वैशाखयता विपद्जन्य घटनामा परि ३ सय ५३ जनाको ज्यान गयाे

 कात्तिक ६, २०७८ शनिबार १९:३८:२९ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - यही वर्षको वैशाखयता विपद्जन्य घटनामा परेर ३ सय ५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ८० जना हराइरहेका छन् ।

सबैभन्दा बढी पहिराेमा परेर १६१ जनाको ज्यान गएकाे तथ्याङ्कमा उल्लेख छ । त्यसपछि बाढीबाट ५२ र चट्याङ्ग लागेर ४९ जनाको ज्यान गएको छ । भारी वर्षाले १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो, हावाहुरी र महामारीबाट सात जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका ८० जनामध्ये पहिराेमा ४२ र बाढीमा ३७ जना परेका छन् ।

प्राधिकरणका अनुसार यस अवधिमा दुई हजार ९० वटा विपद्का घटना भएका छन् । कुल एक हजार २ सय ८४ जना घाइते भएका विवरण छ । कुल तीन हजार ४४३ घर परिवार प्रभावित भएका छन् भने एक अर्ब रूपैयाँ बढीको क्षति भएको छ ।

पछिल्लो वर्षाका कारण मात्रै १११ जनाले ज्यान गुमाएका छन् भने ३५ जना बेपत्ता रहेका छन् । मनसुनको अवधिमा १३६ जनाले ज्यान गुमाएका थिए । यसपालि बेमौसमको वर्षाले झन ठूलो क्षति गराएको छ ।

मनसुनको समयमा समेत १५ प्रतिशत बढी पानी परेको थियो । अहिलेको वर्षाले भने लगाएको धानखेतीमा ठूलो क्षति गराएको छ । सबै क्षतिको विवरण सङ्कलनको क्रममै रहेको गृह मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया