अमेरिकाले टाउकाेकाे मूल्य ५० लाख डलर ताेकेकाे कुख्यात लागुऔषध तस्कर पक्राउ

 कात्तिक ७, २०७८ आइतबार ११:३१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोलम्बियाको सबैभन्दा कुख्यात लागुऔषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका नाइके पक्राउ परेका छन् ।

ओटोनियल भनिने ५० वर्षीय  डेरो एन्टोनियो उसुगालाई हिजो सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको हो ।

कोलम्बियाले उनीबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो ।

कोलम्बियाका राष्ट्रपति इभान ड्युकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गिरफ्तारीबारे बोल्दै यो शताब्दीमा लागुऔषध तस्करीविरुद्ध यो सबैभन्दा ठूलो सफलता भएको बताउनु भएको छ।

ओटोनियलमाथि अमेरिकामा कोकिन पठाएको, प्रहरी अधिकृतहरूको हत्या गरेको र बालबालिकालाई आपराधिक क्रियाकलापमा संलग्न गराएको जस्ता आरोपमा मुद्दा चलाइने बीबीसीले जनाएको छ।

गएका केही वर्षदेखि​ ओटोनियललाई पक्राउ गर्नका लागि हजारौँ प्रहरी संलग्न अभियानहरू भए पनि ती सफल भएका थिएनन्।

ओटोनियल पानामाको सिमाना नजिकै उत्तर-पश्चिमी कोलम्बियाको ग्रामीण क्षेत्रबाट पक्राउ परेका हुन्। 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया