शेयर बजार साढे २७ अङ्कले बढ्याे, काराेबार रकम भने तीन अर्ब पनि पुगेन

 कात्तिक ७, २०७८ आइतबार १५:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज आइतवार बढेको छ । नेप्से आज २७ दशमलव ५१ अङ्कले बढेर दुई हजार पाँच सय ८४ दशमलव ५२ विन्दुमा पुगेको छ । 

आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर ६ अङ्कले, विकास बैंक समूहको ७२, होटलको ४३, फाइनान्सको ८९ र माइक्रोफाइनान्स समूहको शेयर ५३ अङ्कले बढेको छ ।

यस्तै जलविद्युत् समूहको शेयर ६५ अङ्कले, जीवन बीमा समूहको ६७ अङ्कले, निर्जीवन बीमा समूहको ३९, र अन्य समूहको शेयर ५५ अङ्कले बढेको छ । व्यापार समूहकाे शेयर भने ३२ अङ्कले घटेकाे छ । 

आज दुई सय २५ वटा कम्पनीको शेयर कारोबार भएकाे छ । आज बेस्ट फाइनान्स र रिडी हाइड्राेपावर विकास कम्पनीकाे शेयर १० प्रतिशतले बढेको छ । मेराे फाइनान्स वित्तीय संस्थाकाे शेयर भने १० प्रतिशतले घटेकाे छ ।  

आज ५८ लाख १८ हजार कित्ता शेयर दुई अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया