दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीबाट शेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा पठाउन निर्देशन दिएको छ ।
सूचीकृत कम्पनीले आफ्ना शेयरधनीलाई प्रदान गरेको लाभांश शेयरधनीको बैंक खातामा जम्मा गर्दा बैंक स्टेटमेन्टमा शेयर रजिस्टारकाे मात्र नाम आउने गरेका सन्दर्भमा बोर्डले सबै विवरण खुल्ने गरी लाभांश पठाउन निर्देशन दिएको हो ।
हालैका दिनमा कुन कम्पनीको, कुन आर्थिक वर्षको र कुन दरको लाभांश हो भन्ने स्पष्ट हुन नसकिएको भन्ने गुनासो आइरहेको छ ।
बोर्डले जारी गरेको निर्देशनअनुसार अब कम्पनीले आफैँ वा आफ्ना शेयर रजिस्टारमार्फत शेयरधनीका बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रूपमा कम्पनीको नाम, आव, रकम आदि खुल्ने गरी पठाउनुपर्नेछ । साथै कम्पनीले यसरी लाभांश पठाउँदा क्लियरिङ हाउस लिमिटेडले तोकेका ढाँचामा सूचित गर्नुपर्ने विषयसमेत स्पष्ट खुलाउन बोर्डले निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।