जाजरकाेटमा राति पनि हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड बन्याे

 कात्तिक ९, २०७८ मंगलबार १७:५६:१ | रासस
unn.prixa.net

जाजरकोट – तीन मुख्य राजमार्गको बीचमा पर्ने जाजरकोटमा नेपाली सेनाले राति पनि हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ ।

नेपाली सेनाको चन्दननाथ गणले श्रमदानसहित नाै लाख रुपैयाँको लागतमा राति पनि सजिलै हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेले बताउनुभयो । भेरी नगरपालिकाको सहकार्यमा हेलिप्याड निर्माण गरिएको उहाँको भनाइ थियो । 

पटक–पटक बाढी, पहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएका जाजरकोटवासीले उद्धार तथा व्यवस्थापनमा रुकुमको चौरजहारीमा रहेकाे विमानस्थल प्रयोग गर्दै आएका थिए ।

हेलिप्याड निर्माणसँगै अब जिल्ला भित्रबाट उद्धार तथा राहतका कामहरू रात्रिकालीन अवस्थामा सजिलै गर्न सकिने भएको छ । हेलिप्याडको अभावमा वर्षौंदेखि रुकुम पश्चिमको चौरजहारी विमानस्थल नै प्रयोग गर्नुपर्दा बिरामीको अवस्था झन् जटिल हुनाका साथै लामो दुरी पार गर्नु परेकाले राहतको काममा समेत ढिला हुँदै आएको थियो । 

सुरक्षा एवम् हेलिप्याडको हेरचाहका लागि सेना नै अग्रसर हुने भएकाले हेलिप्याड गणभित्र निर्माण गरिएको हो । श्री नं ४ वाहिनीपति सहायक रथी हरेन्द्र पाठकले याे हेलिप्याड उद्घाटन गर्नुभएको थियो ।

गएकाे वर्ष बारेकोट गाउँपालिका–४ सार्कीटोलमा बाढी, पहिराेबाट भएको मानवीय क्षतिको बेला नेपाली सेना नै पहिले घटनास्थलमा पुगेको थियो ।    

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया