नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले विमानस्थलबाट साँझ ५ः३० देखि राति ९ः०० बजेसम्म आन्तरिक उडान गर्न लागिएको जानकारी दिनुभएको हो ।
नेपाल पर्वतारोहण सङ्घले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनपछि धेरै परिवर्तन आएको छ, हालै आन्तरिकतर्फ बिहान ५ बजेदेखि सेवा दिन शुरु गरिएको छ, अब छिट्टै नै साँझ ५ः३० देखि ९ः०० बजेसम्म आन्तरिक उडान शुरु हुन्छ ।”
क्षेत्रीय हबका रुपमा रहेका विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान गरिनेछ । झापाको चन्द्रगढी, जनकपुरलगायत विमानस्थललाई पनि रात्रि उडानका लागि प्राविधिक तयारी भइरहेको छ । ट्रङ्क रुटका विमानस्थलमा पनि अहिले उडानको चाप बढेको छ ।
यसअघि आन्तरिकतर्फ बिहान ७ देखि साँझ ६ः०० बजेसम्मको उडान तालिका थियो । अन्तर्राष्ट्रियतर्फ मात्र रात्री उडान हुँदै आएको थियो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले रात्रि उडानका लागि तयारी गरिएको र यही भदौ १६ गते नै विभिन्न एयरलाइन्सको २५ वटा उडान तालिका स्वीकृत भएको जानकारी दिनुभयो । उहाँका अनुसार बुद्ध एयरको १४, श्रीएयरलाइन्सको चार र यति एयरलाइन्सको सातवटा उडान तालिका स्वीकृत भएको छ ।
सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । आन्तरिक टर्मिनल व्यवस्थापनका लागि यही भदौ १६ गतेदेखि आन्तरिक टर्मिनल बिहान ५ बजे खुल्ला गरेसँगै अहिले दैनिक २२ घण्टा विमानस्थल सञ्चालन भइरहेको छ ।
मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिपछि चौबिसै घण्टा विमानस्थल सञ्चालन गरिने बताउनुभयो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई साकार तुल्याउन मुख्य पर्यटकीय पूर्वाधारका रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिएको छ ।
मन्त्री अधिकारीका अनुसार पूर्वाधार विकासलाई तीव्रता दिइएको र सन् २०२० भित्र अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा सञ्चालन हुने र सन् २०१९ अघि नै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।