विश्वमा बढ्दो तापक्रमलाई राेक्न कार्बन उत्सर्जन ७ गुणाभन्दा बढी कटौती गर्नुपर्ने

 कात्तिक १०, २०७८ बुधबार ८:१३:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – संयुक्त राष्ट्रसंघले विश्वमा तापक्रमलाई १ दशमलव ५ सेन्टिग्रेडको सीमामा राख्न विश्वव्यापी कार्बन उत्सर्जन कटौतीलाई विश्व समुदायले वर्तमान योजनाभन्दा सात गुणा बढी काम गर्न आवश्यक रहेको जनाएको छ ।

बढ्दो तापमान वृद्धिलाई रोक्न राष्ट्र संघले विश्व समुदायले अहिले गर्दै आएका काम र योजना पर्याप्त नभएको जनाएको हो ।  बेलायतको ग्लास्गोमा जलवायु सम्मेलन हुन अघि राष्ट्रसंघले विश्वमा बढ्दो तापक्रम रोक्न प्रभावकारी कार्यक्रम र योजना ल्याउन विश्व समुदायको ध्यानाकषर्ण गराएको हो  ।

बेलायतमा आउँदो हप्ता जलवायु सम्मेलन हुँदैछ ।  संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यहि गतिमा अघि बढेमा अहिलेका राष्ट्रिय प्रतिबद्धताहरूले सन् २०३० को उत्सर्जन स्तरबाट ७ दशमलव ५ प्रतिशत अंश मात्र कम गर्ने प्रक्षेपण गरेको छ । तर पेरिस सम्झौताको तापक्रम लक्ष्यमध्ये सबैभन्दा महत्वाकांक्षी तापक्रम १ दशमलव ५ सेन्टिग्रेडसम्म राख्न ५५ प्रतिशत कटौती आवश्यक भएको कुरा राष्ट्र संघले स्मरण गराएको छ ।  

वैज्ञानिकहरुले कार्बन उत्सर्जन रोक्न सकिएमा मात्रै वायुमण्डलमा रहेका ग्यासको मात्रा स्थिर हुने र तापमान वृद्धि रोक्न सकिने बताएका छन् ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया