अष्ट्रेलियाले नागरिकमाथि लगाएको यात्रा सम्बन्धी प्रतिबन्ध हटाउँदै

 कात्तिक १०, २०७८ बुधबार १३:२०:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अष्ट्रेलियाले १९ महिनापछि आफ्ना नागरिकमाथि लगाएको यात्राको प्रतिबन्ध हटाउने भएको छ ।

कोरोना महामारीका कारण अनुमति बिना अष्ट्रेलियाबाट अर्को देश जानका लागि प्रतिबन्ध लगाइएको थियो  । यो प्रतिबन्ध आउँदो हप्तादेखि हटाइने त्यहाँको सरकारले जनाएको छ ।  आउँदो नोभेम्बर १ तारिखदेखि कोरोनाको पूर्ण खोप लगाएका कुनै पनि अष्ट्रेलियन नागरिकले विदेश यात्राका लागि अनुमति लिनु पर्ने छैन । तर अष्ट्रेलियामा बस्ने विदेशी नागरिकहरुको हकमा भने प्रतिबन्ध हट्ने छैन ।

यस्तै सन् २०२१ को अन्तसम्ममा विदेशी दक्ष कामदारलाई स्वागत गर्ने तयारीमा आफूहरु रहेको पनि अष्ट्रेलियाले जनाएको छ । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया