शेयर बजार १८ अङ्कले बढ्यो, ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार

 कात्तिक १०, २०७८ बुधबार १५:२०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार १८ अङ्कले बढेको छ । नेप्से १८ दशमलव शून्य ६ अङ्कले बढेर दुई हजार सात सय ६९ दशमलव १३ विन्दुमा पुगेको छ । 

आज होटल, विकास बैंक, हाइड्रो र निर्माणबाहेक सबै समूहको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै तीन सय १७ अङ्कले बढेको छ ।

यस्तै निर्जीवन बीमा समूहको शेयर एक सय ७८ अङ्कले, माइक्रोफाइनान्सको ५८, व्यापारको २३, अन्यको २२ र बैंकिङ समूहको शेयर १३ अङ्कले बढेको छ । 

आज दुई सय २८ कम्पनीका एक करोड १५ लाख कित्ता शेयर ६ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

आज बेस्ट फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले बढेको छ । आज एभरेस्ट बैंक लिमिटेडको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।  

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया