अफगानिस्तानमा अझै चार सयभन्दा धेरै अमेरिकी सैनिक छन् : पेन्टागन

 कात्तिक १०, २०७८ बुधबार २०:१४:३४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अफगानिस्तानमा अझै पनि सयाैँकाे सङ्ख्यामा अमेरिकी सैनिक रहेको तथ्य सार्वजनिक भएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अरू सबै अमेरिकी सैनिकहरूलाई फिर्ता गरिए पनि चार सय ३९ जना अफगानिस्तानमै रहेको जनाएको हो । 

अमेरिकाको नेतृत्वमा गएको सैनिक गठबन्धनका धेरैजसाे सैनिकहरू तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि अफगानिस्तान छाडेर फिर्ता भएका थिए ।

सिनेटमा भएको एउटा सुनुवाइका क्रममा रक्षा मन्त्रालयका अधिकारीले अफगानिस्तानमा चार सय ३९ जना अमेरिकी सैनिक अझै पनि अफगानिस्तानमै रहेको जानकारी दिनुभएकाे हाे ।  

उहाँले अफगनिस्तानमा रहेका सबै अमेरिकी सैनिक आफूहरूको निरन्तर सम्पर्कमा रहेको पनि स्पष्ट पार्नुभएकाे छ ।  

मन्त्रालयका उपसचिव कोलिन काह्लले अफगानिस्तानमा रहेका अमेरिकी सैनिकमध्ये एक सय ७६ जना अफगानिस्तान छाड्न तयार रहेको जानकारी दिनुभयो ।  

तर दुई सय ४३ जना भने अफगानिस्तान छाड्ने कि नछाड्ने भन्नेबारेमा अन्याेलमा रहेको पनि उपसचिव काह्लले बताउनुभयो ।

अफगानिस्तानमा रहेको सैनिक टोलीले घोषित रूपमा गएकाे अगस्ट ३१ मा अफगानिस्तान छाड्न सुरु गरेको थियो । 

तालिवान लडाकुहरूले सत्ता कब्जा गरेपछि गठबन्धन सैनिकले अफगानिस्तान छोड्ने निर्णय गरेको थियो । गठबन्धन सेनाले झन्डै २० वर्ष सेवा गर्दा पनि सफलता प्राप्त गर्न भने सकेन । अफगानिस्तानको युद्ध अमेरिकाले अन्य देशमा गरेका युद्धमध्ये सबैभन्दा लामो युद्ध हो ।  

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया