काठमाण्डौमा आज पनि न्यूनतम तापक्रम घट्यो

 कात्तिक ११, २०७८ बिहिबार ८:६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिजो भन्दा आज मौसम अझ खुल्ने मौसमविद्ले बताएका छन् । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि बिस्तारै मौसम खुल्दै जाने माैसमविद्ले बताएका छन् ।

मौसमविद् प्रतिभा मानन्धरले मौसम बद्ली गराएर पानी पार्ने प्रणाली सक्रिय नभएकाले आज देशभरको मौसम समान्यतया सफा नै हुने बताउनुभयो। काठमाण्डौमा आज पनि न्यूनतम तापक्रम घटेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

हिजो १३ दशमलव ५ डिग्री सेल्सियस थियो । यस्तै, आज दिउँसाे उच्च पहाडी र हिमाली क्षेत्रका एक वा दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया