महाकालीमा डुङ्गा दुर्घटना : एक जनाको ज्यान गयो, एक जना बेपत्ता

 कात्तिक ११, २०७८ बिहिबार ११:६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना हराइरहेका छन् ।

बैतडीको शिवनाथ–१ खाँडघाटको नदी किनारमा हिजो बेलुका डुङ्गा पल्टिँदा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउदको ज्यान गएको हो । उनका भाइ आठ वर्षका सन्दीप बेपत्ता छन् ।

गाउँपालिका अध्यक्ष कर्णसिंह साउदका अनुसार मीनाका आमाबुवासहित आठ जना सकुशल छन् ।

डुङ्गामा चालकसहित १० जना थिए । लामो समयदेखि भारतमा बस्दै आएको मीनाका परिवार दशैँ मनाउन गाउँ आएको थियो । दशैँ मानेर हिजो भारत फर्किने क्रममा डुङ्गा दुर्घटना भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो ।

बैतडीको शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका बासिन्दा भारतसँग जोडिएका तथा भारततर्फ आवतजावत गर्दा पुल नहुँदा महाकाली नदीमा डुङ्गाको सहायताले वारपार गर्ने  गर्दछन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया