प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे कुनै छलफल भएको छैन : नेपाल

 कात्तिक ११, २०७८ बिहिबार १२:४५:२२ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, 'पाँच दलको बैठक बस्न सकेको छैन, यसबारे अनि मात्र थप कुरा भन्न सकिन्छ ।'

देशको स्वतन्त्र न्यायपालिकाको मामिलामा हस्तक्षेप गर्न नहुने उहाँको भनाइ थियो । 'ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्दछ भन्ने कुरा बाहिर आएको छ, त्यो अत्यन्तै नाजायज र अनुचित कुरा हो', अध्यक्ष नेपालले भन्नुभयो । नेकपा (एकीकृत समाजवादी) नयाँ संस्कार र संस्कृति स्थापना गर्न नयाँ सोच र मान्यता बोकेको पार्टी भएको उहाँले उल्लेख गर्नुभयो । 'कम्युनिष्ट पार्टी नेताप्रधान नभइ नीति र विचारप्रधान हो', उहाँले भन्नुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले आउँदो निर्वाचनमा अहिलेका गठबन्धन दलहरुको सहकार्य हुने तर कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पार्नुभयो । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया