सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - म्यानमारकी नेतृ आङ सान सुकीका निकट सहयोगीलाई २० वर्षको जेल सजाय सुनाइएको छ ।
सुकीका सहयोगी यू विन एचटिनलाई विशेष अदालतले धारा १ सय २४ 'क' अन्तर्गत २० वर्षको कैद सजाय सुनाएको हो । ८० वर्षीय यू विन लामो समयदेखि राजनीतिक कैदी थिए ।
यू विन लामो समयसम्म सैन्य शासनविरुद्ध प्रचार गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि जेलमा रहँदै आएका थिए ।
पक्राउ हुनुभन्दा केही दिन अगाडि उहाँले स्थानीय सञ्चार माध्यमलाई सैन्य शासन ‘विवेकी निर्णय नभएको’ र यसले देशलाई गलत दिशामा लगेको बताएका थिए । गएको फेब्रुअरीमा नेतृ आङ सान सुकी लगायतका नेताहरूलाई पक्राउ गरेर म्यानमारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
म्यानमारमा सैन्य शासन सुरु भएदेखि नै राजनीतिक अस्तव्यस्तता देखिएको छ । एक स्थानीय मानव अधिकार अनुगमनकारी समूहका अनुसार यो अवधिमा राष्ट्रव्यापीरूपमा ठूला विरोध प्रदर्शनहरू भएका छन् । म्यानमारमा एक हजारभन्दा बढी मानिसहरू सुरक्षा फौजद्वारा मारिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।