त्रिदेशीय महिला टी–२० शृङ्खलामा आज नेपाल र थाइल्यान्ड खेल्दै
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – कोरोना सङ्क्रमणका कारण विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ५० लाख नाघेको छ । विश्वका सबैजसो ठाउँमा फैलिएको कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या ५० लाख सात हजार जना नाघेको वल्डाेमिटरले जनाएको छ ।
सबैभन्दा धेरै अमेरिकामा सात लाख ६५ हजार सात सय भन्दा धेरैको ज्यान गएको छ । यस्तै ब्राजिलमा ६ लाख सात हजार र भारतमा चार लाख ५७ हजार सात सय भन्दा धेरैको ज्यान गएको छ । २२ महिना अघि चीनको वुहानमा पहिलोपटक पुष्टि भएको कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएको छ । अहिलेसम्म विश्वमा २४ करोड ६९ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि भएकामध्ये २२ करोड ३६ लाख भन्दा धेरै निको भएका छन् । यसैबीच टोङ्गामा पहिलोपटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रशान्त महासागरमा रहेको टापु राष्ट्रमा पूर्ण मात्रा खोप लगाएका एक जनामा कोरोना पुष्टि भएपछि लकडाउनको तयारी गरेको टोङ्गाका प्रधानमन्त्री पोहिभा तुएनिटोआलाई उदृत गर्दै बीबीसीले जनाएको छ । टोङ्गा अहिलेसम्म कोरोना सङ्क्रमण नपाइएको देश थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।