जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजदेखि सुरु हुँदै

 कात्तिक १४, २०७८ आइतबार ८:३८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ आजदेखि स्कटल्यान्डको ग्लास्गोमा सुरु हुँदैछ ।

संयुक्त राष्ट्र सङ्घीय जलवायु परिर्वतनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष देशहरुको २६ औँ सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकारी प्रतिनिधि, विषय विज्ञ सहभागी हुँदैछन् । सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न समस्या र समाधानका प्रयासबारे छलफल हुनेछ ।

यसअघि सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको सम्मेलनले तय गरेका लक्ष्यहरु, प्राप्त उपलब्धिको समीक्षा र यो सम्मेलनले केही विषयवस्तु परिमार्जन गर्ने तयारी छ । पेरिस सम्झौतामा विश्वव्यापी तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखिएको थियो ।

कोप–२६ लाई जलवायु परिवर्तनको असर न्यूनीकरण तथा त्यससम्बन्धी कार्यको ठोस निर्णय गर्ने महत्त्वपूर्ण सम्मेलनका रुपमा हेरिएको छ । इटलीसँगको सहकार्यमा बेलायतको आयोजनामा आजदेखि सुरु हुन लागेको सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ ।
 

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया