जी–२० सम्मेलनमा कर्पोरेट करसम्बन्धी विषयमा ऐतिहासिक सहमति

 कात्तिक १४, २०७८ आइतबार १०:५७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वका प्रमुख अर्थतन्त्र रहेका देशले व्यवसायको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने एउटा विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन् ।

बहुराष्ट्रिय कम्पनीले कम कर प्रावधानका फाइदा उठाउँदै आफ्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने चिन्ताका माझ कर्पोरेट करसम्बन्धी सम्झौता अनुमोदन गरिएको हो ।

इटलीको रोममा चलिरहेको जी–२० सम्मेलनमा सहभागी नेताहरुले यो सम्झौतामा सहमति जनाएका हुन् । अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता सन् २०२३ देखि लागू हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।

सम्मेलनमा जलवायु परिवर्तन र कोरोना महामारी पनि छलफलकै केन्द्रमा छ । कोभिड महामारी सुरु भएयता विश्व नेताहरूले भौतिक उपस्थिति जनाएको यो पहिलो कार्यक्रम हो। १९ वटा देश र युरोपेली सङ्घ सदस्य रहेको जी–२० समूहको सम्मेलनमा दुई जना नेता भने भौतिक रुपमा सहभागी छैनन् ।

चीनका सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनले सम्मेलनमा भर्चुअल सहभागिता जनाउनुभएको छ । स्कटल्यान्डको ग्लास्गोमा सुरु हुन लागेको विश्व जलवायु परिवर्तन सम्मेलन कोप–२६ सम्मेलन अघि जी–२० देशहरूको सम्मेलन भएको हो।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया