विदेशी लगानीकर्तालाई सुरक्षाकाे प्रत्याभूति दिन सरकार सधैँ तयार छ : प्रधानमन्त्री देउवा

 कात्तिक १४, २०७८ आइतबार १३:३८:१५ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सधैँ तयार रहेको स्पष्ट पार्नुभएको छ । 

बेलायतमा रहेकाे नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा हिजाे शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो ।  

गैरआवासीय नेपालीका लागि नेपाली नागरिकताकोे विषय नेपालको संविधानसँग जोडिएकाले अहिलेलाई त्यो सम्भव नरहेको उहाँको भनाइ थियो ।  

उहाँले बेलायतको नागरिकता लिएका नेपाली यहाँको सांसद हुन सक्ने सम्भावना औल्याउँदै गैरआवासीय नेपालीले नेपाललाई निरन्तर सहयोग गरिहेकामा प्रसंशासमेत गर्नुभयो । 

कार्यक्रममा समितिका अध्यक्ष युवराज गुरुङले जनसम्पर्क समितिका काम कारबाहीबारे जानकारी गराउँदै प्रवासमा रहेका नेपालीका समस्या र चुनौतीका सम्बन्धमा उहाँकोे ध्यानाकर्षण गराउनुभएको थियो ।  

प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) अन्तर्गतको 'वर्ल्ड लिडर समिट' का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएकाे शुक्रवार राति लण्डन आइपुग्नुभएको हो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया