राहदानी वितरणको काम पूर्ण रूपमा सञ्चालन हुन अझै केही दिन लाग्ने
मंसिर १०, २०८१ सोमबार
रुपन्देही – राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि नागरिकलाई समर्थनमा लिएर काम गर्नुपर्ने हुन्छ । नागरिककाे खुसी नै हाम्रो खुसी हो ।
आज आइतवार लुम्बिनी पुग्नुभएकी राष्ट्रपति भण्डारीले बज्रयान महाविहार तथा नेपाल मण्डला स्वागतद्वारको शुभारम्भ गर्दै भन्नुभयो, गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको सन्देश चारैतिर फैलिएको छ, यो विश्व प्रसिद्ध स्थल हो, नेपालमा गौतमबुद्धको जन्म भएको हो, बुद्धले लामो तपस्यापछि जुन ज्ञान प्राप्त गर्नुभयो त्यसको मर्म र भावनाअनुसार चल्न सक्दा नै मानव कल्याण हुनेछ ।
उहाँले राष्ट्रिय विकास क्षेत्रीय चिन्तनबाट प्रभावित हुनुहुँदैन भन्दै लुम्बिनीजस्तो पवित्रस्थल सबैको प्राथमिकतामा रहनुुपर्ने र यसको विकासमा सबैको साझा मत हुनुपर्ने धारणा पनि राख्नुभयो ।
त्यस समारोहको मञ्चमा रहेका सांसदहरू, पूर्वमन्त्रीहरू, मेयरहरूलगायतलाई सम्बोधन गर्दै उहाँले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न निर्देशन पनि दिनुभयो ।
त्यस अवसरमा राष्ट्रपति भण्डारीले काठमाण्डाै महानगरका मेयर, उपमेयर तथा वडाध्यक्षहरूलाई सम्मान प्रदान गर्नुभएको थियो ।
उहाँ आज बिहान ११ बजे हेलिकप्टरमार्फत लुम्बिनी आइपुग्नुभएको हो । उहाँलाई लुम्बिनीमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेया, सांसदहरू डा. सूर्य पाठक, खिमलाल भट्टराई लगायतले स्वागत गर्नुभएको थियो ।
बज्रयान महाविहारमा आयोजित कार्यक्रममा स्वागत गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. नरेशमान बज्राचार्यले लुम्बिनीमा नेपालको विहार नभएको हुँदा आफूहरूको अग्रसरतामा बज्रायान महाविहार निर्माण गरेको बताउनुभयो । उहाँले यसका लागि काठमाण्डाै महानगरपालिकाले चार करोड २९ लाख रुपैयाँ सहयोग गरेकोसमेत बताउनुभयो ।
रुपन्देहीको भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँको मूर्ति स्थापना गरिएको हाे । बहुमूल्य धातु ह्वाइट जेडबाट बनाइएको बुद्धको मूर्ति विमानस्थलको प्रवेशद्वार र बाहिरिने मार्गमा पर्ने गरी राखिएको विमानस्थलका योजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । म्यानमारमा बनाइएको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेशनले विमानस्थललाई निःशुल्क उपलब्ध गराएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।