इटली जान भारतीय प्रधानमन्त्री माेदी चढेकाे विमान पाकिस्तानी हवाई क्षेत्र हुँदै गयाे

 कात्तिक १४, २०७८ आइतबार १७:४४:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै : जी–२० देशहरूको सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान शुक्रवार पाकिस्तानी वायु क्षेत्र भएर इटली पुग्याे । फर्कँदा पनि प्रधानमन्त्री मोदी यही बाटो भएर फर्किने भारतीय सञ्चारमाध्यम ले जनाएको छ ।

मिडिया रिपोर्ट्सका अनुसार भारतले इस्लामाबादसँग यसका लागि पहिले नै अनुमति लिएको हो । 

पाकिस्तानको द एक्सप्रेस ट्रिब्यूनको खबर अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीको विमान बोइङ ७७७, ३०० ईआर, के ७०६६ बहावलपुरबाट पाकिस्तानी वायु क्षेत्र हुँदै पंजगुर हुँदै इरान र टर्कीको बाटो भएर इटली पुगेको हो । 

सिभिल एभिएशन अथोरिटी (सीएए) का अनुसार भारतीय प्रशासनले पाकिस्तानको विदेश मन्त्रालयसँग प्रधानमन्त्री मोदीको विमानलाई उसको वायु क्षेत्र भएर जानका लागि अनुमति दिन आग्रह गरेको थियो । पाकिस्तानले यो आग्रहलाई स्वीकार गरेको हो ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया