स्कटल्यान्डमा सुरु भयाे विश्व जलवायु सम्मेलन

 कात्तिक १४, २०७८ आइतबार २०:१९:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन (कोप २६) स्कटल्यान्डकाे ग्लास्गोमा सुरु भएको छ । जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि महत्त्वपूर्ण ठानिएको यस सम्मेलनमा आज आइतवार औपचारिक समारोह हुन्छ भने भोलि साेमवारदेखि विश्व नेताहरूले छलफल र बहसको काम सुरु गर्नेछन् । 

जैविक इन्धनको प्रयोगसहित मानवीय कारणले विश्वको तापमान बढिरहेका बेला वैज्ञानिकहरूले जलवायु विपद् छल्न आपत्कालीन कार्यहरू आवश्यक रहेका बताइरहेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यस सम्मेलनलाई विश्वको सत्यको क्षण बताउनुभएको छ ।

सन् २१०० भित्र औसत तापमान वृद्धिलाई एक दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य तय गरिए पनि यतिखेर विश्वको तापमान दुई दशमलव ७ डिग्री सेल्सियसले बढिरहँदा त्यसले जलवायु परिवर्तनको दुर्भाग्यपूर्ण समस्या आउन सक्ने संयुक्त राष्ट्र सङ्घले जनाएको छ । 

कोप २६ का अध्यक्ष आलोक शर्माले एक दशमलव पाँच डिग्री सेल्सियसको लक्ष्यमा पुग्ने काम निकै कठिन रहेको बताउँदै त्यो हासिल गर्न विश्व नेताहरू एकजुट हुनुपर्ने बताउनुभयो । कोप २६ मा भाग लिन विश्वका झन्डै २५ हजार मानिसहरू स्कटल्यान्ड पुगेका छन् ।  

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया