शेयर बजार झन्डै १८ अङ्कले घट्यो, सात अर्ब ७७ कराेड रुपैयाँको कारोबार

 कात्तिक १५, २०७८ सोमबार १५:२०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो आइतवार ५५ अङ्कले बढेको शेयर बजार आज साेमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ७५ अङ्कले घटेर दुई हजार आठ सय १९ दशमलव ८६ विन्दुमा झरेको छ । 

आज बैंक, होटल र लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । जलविद्युत्, उत्पादन, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । 

आज दुई सय २६ कम्पनीका एक करोड ३४ लाख कित्ता शेयर सात अर्ब ७७ करोड ७५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३६ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज महालक्ष्मी विकास बैंक, साहस ऊर्जा र पाँचथर पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कामना सेवा विकास बैंकको शेयर भने साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । 
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया