जलवायु सम्मेलनमा राष्ट्र सङ्घका महासचिवकाे चेतावनी– ‘हामी आफ्नाे चिहान खनिरहेका छाैँ’

 कात्तिक १५, २०७८ सोमबार १९:४६:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियाे गुटेरेसले मानिसले आफ्नाे चिहान आफैँ खनिरहेकाे बताउनुभएकाे छ ।  

आज साेमवार राष्ट्र सङ्घका महासचिव गुटेरेसले ग्लास्गाेमा विश्व जलवायु सम्मेलन (काेप २६) लाई सम्बाेधन गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले जीवाश्म इन्धनप्रति हाम्राे लतले मानवतालाई विनाशतर्फ धकेलिरहेकाे बताउनुभयाे । 

महासचिव गुटेरेसले भन्नुभयाे, अब या त हामीले यसलाई राेक्नुपर्छ या त यसले हामीलाई राेक्छ । अब याे भन्ने समय आएकाे छ कि याे निकै भइसकेकाे छ, आफैँलाई कार्बनले मार्ने क्रम निकै चल्याे, प्रकृतिलाई शाैचालय जसरी प्रयाेग गरेकाे धेरै भयाे, हामी आफ्नाे चिहान आफैँ खनिरहेका छाैँ । 

जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन (कोप २६) स्कटल्यान्डकाे ग्लास्गोमा हिजाेदेखि औपचारिक समाराेह सुरु भएकाेमा आजदेखि विश्व नेताहरूले छलफल र बहसकाे काम सुरु गरेका हुन् । जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि यस सम्मेलानलाई महत्त्वपूर्ण ठानिएको छ । 

झन्डै दुई सय देशका २० हजार प्रतिनिधि ग्लास्गाेमा जलवायु परिवर्तन सम्मेलनमा भाग लिँदै छन् । यसका लागि ठूलाे सङ्ख्या जलवायु परिवर्तनका विशेषज्ञ, कार्यकर्ता र पत्रकार पनि ग्लास्गाेमा छन् ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया