भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्यो

 कात्तिक १६, २०७८ मंगलबार १६:४:१८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमित हुनेको सङ्ख्या फेरि घटेको छ । पछिल्लो २४ घण्टामा १० हजार चार सय २३ जना मात्रै नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

भारतमा अहिले एक लाख ५३ हजार सात सय ७६ जना सक्रिय सङ्क्रमित रहेका पनि मन्त्रालयले जनाएको छ । 

यो सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको शून्य दशमलव ४५ प्रतिशत मात्रै हो । अर्थात अहिले सक्रिय सङ्क्रमितको यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा कम हो ।  यसअघि झन्डै १३ हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले झन्डै १० हजार पाँच सय नजिक झरेको छ ।

हिजो सोमवार भारतमा १५ हजार २१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै कोरोना सुरु भएदेखि अहिलेसम्म तीन करोड ३६ हजार ८३ हजार पाँच सय ८१ जना कोरोनामुक्त भएका छन् । 

भारतमा कोरोना भाइरसको परीक्षण ६१ करोड दुई लाखभन्दा बढी भएको छ । यहाँ गएको जनवरीको १६ तारिखदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । त्यो समयदेखि अहिलेसम्म एक अर्बभन्दा बढी डोज खोप लगाइएको छ ।   

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया