काबुलमा भएको आत्मघाती विस्फाेटमा ज्यान गुमाउनेकाे सङ्ख्या १९ पुग्यो, ५० भन्दा बढी घाइते

 कात्तिक १६, २०७८ मंगलबार २०:३५:१२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानको राजधानी काबुलमा रहेकाे सैनिक अस्पताल नजिकै आज मङ्गलवार भएकाे बम विष्फोटमा ज्यान गुमाउनेकाे सङ्ख्या १९ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । विस्फाेटमा कम्तीमा ५० जना घाइते भएको बताइएको छ ।

आक्रमणकारीले सैनिक अस्पतालको गेट नजिकै विस्फोट गराएपछि अस्पताल परिसरमा प्रवेश गरी केही राउन्ड गोली पनि चलाएको तालिबान स्रोतले बताएको छ ।

अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जामा लिएपछि सैनिक कार्यालयलाई लक्षित गरिएको जस्तो देखिने यो आक्रमणको कुनै समूह वा दलले जिम्मेवारी लिएको छैन ।

अफगानिस्तानमा २० वर्षसम्म अमेरिकी सैन्य गठबन्धनसँग लडेको तालिबान समूहले सत्ता कब्जा लिएपछि देशमा राजनैतिक स्थायित्वका लागि प्रयासरत देखिएको छ तर द्वन्द्वको शान्तिपूर्ण निकास पहिल्याउन कठिनाइ पर्नै देखिएको छ ।   

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया