उपचुनावको प्रचारमा तोकिएकाभन्दा बढी गाडी प्रयोग नगर्न आयोगको ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गर्नुभएको छ ।
मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गर्नुभएको हो । यस क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताउनुभयो ।
मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभएको छ ।'अन्य ठाउँमा पनि खोप केन्द्र थप गर्दैर्छौँ', उहाँले भन्नुभयो । विभिन्न देशबाट एक करोड खोप आयात गर्न लागिएको जानकारी दिँदै उहाँले ती खोप बालबालिकाका लागि प्रयोग गरिने उल्लेख गर्नुभयो ।
हिजाे तीन हजार व्यक्तिले खोप लगाएकामा आज थप १० हजारले लगाउने अनुमान गरिएको छ । त्यसैगरी आज ग्वार्कोमा पनि खोप केन्द्र थप गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।