बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार करोड रुपैयाँभन्दा धेरैको क्षति

 कात्तिक १७, २०७८ बुधबार १२:२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

बुटवल उपमहानगरपालिका–१६ मा रहेको महालक्ष्मी सलाई उद्योगमा गएराति आगो लागेको प्रहरीले जनाएको  छ । प्रहरीका अनुसार फ्याक्ट्रीमा गएराति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो।

आगलागी हुँदा चार करोड रुपैयाँभन्दा बढीकाे क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालकाे दाबी छ । रुपन्देहीसहित छिमेकी जिल्लाका पालिकाबाट आएका ८ वटा दमकलले चार घण्टामा आगाे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताउनु भयाे।

बुटवल तिलोत्तमा नगरपालिका, सिद्धार्थ नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिकाको दमकलको सहायताले आगाे नियन्त्रणमा लिइएकाे हाे। 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया