इरान परमाणु सम्झौतालाई ब्युँताउने वार्ता छिट्टै : अमेरिका पनि सहभागी हुने

 कात्तिक १८, २०७८ बिहीबार १०:२३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इरान र अरु ६ देशबीच सन् २०१५ मा भएको ऐतिहासिक परमाणु सम्झौतालाई ब्युँताउने उद्देश्य राखेर गर्न लागिएको वार्ता छिट्टै हुने भएको छ ।

आउँदो नोभेम्बर २९ तारिखमा वार्ताका लागि भियनामा भेट्ने सहमति भएको इरानका प्रमुख वार्ताकार अली बगेरी कनीले बताउनुभएको छ । इरानमा गएको जुन महिनामा नयाँ राष्ट्रपति चुनिएपछि वार्ता रोकिएको थियो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पालामा अमेरिका सम्झौताबाट पछि हटेको थियो ।

तर वासिङ्टनले फेरि वार्तामा सामेल हुन सक्ने बताउँदै आएको छ । जो बाइडेन प्रशासनले भियनामा हुने वार्ताका लागि उपस्थित हुने जनाएको छ । वार्तामा सम्झौताका अरु हस्ताक्षरकर्ता बेलायत, चीन, फ्रान्स, जर्मनी र रुस पनि उपस्थित हुनेछन् ।

इरानका राष्ट्रपति इब्राहिम रइसीले वार्तामा कडा अडान राख्ने ठानिएको बीबीसीले जनाएको छ । सन् २०१५ मा भएको सम्झौता अनुसार, इरानले युरेनियम प्रवर्द्धनमा रोक लगाउनेमा सहमति जनाएको थियो । 
 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया