भारतले विकास गरेकाे कोरोना खोपलाई डब्ल्यूएचओले दियो आपत्कालीन प्रयोग अनुमति

 कात्तिक १८, २०७८ बिहीबार १७:५२:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतले विकास गरेर भारतमै उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप 'कोभ्याक्सिन' आपत्कालीन प्रयाेगकाे अनुमति पाएकाे छ । काेभ्याक्सिन खाेपले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट आपत्कालीन प्रयोगको अनुमति पाएको हाे । 

भारत बायोटेक कम्पनीले विकास गरेर भारतमै उत्पादन गरेको खोपले अनुमति पाएको बीबीसी हिन्दीले जनाएको छ । डब्ल्यूएचओको अनुमतिपछि अब अरू देशमा पनि यो खोप लगाउने बाटो खुलेको छ ।

डब्ल्यूचएओको प्राविधिक सल्लाहकार समूहले कोभ्याक्सिन खोप सुरक्षित रहेको र सङ्गठनको मापदण्डअनुसार रहेको जनाएको छ । यो खोपबाट कुनै जोखिम नरहेको समेत डब्ल्यूएचओले जनाएको छ ।

कोभ्याक्सिन खोप चार हप्ताको फरकमा दुई पटक लगाउनुपर्छ । डब्ल्यूएचओबाट अनुमति पाएसँगै अब भारतले गरिब देशहरूलाई आफूले उत्पादन गरेको खोप उपलब्ध गराउने अपेक्षा रहेको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया