कोरोना भाइरसविरुद्धको खाने चक्कीलाई बेलायतद्वारा अनुमति

 कात्तिक १९, २०७८ शुक्रबार ८:४२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

 

काठमाण्डाै - लक्षण देखिने कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि बनाइएको पहिलो खाने चक्कीलाई बेलायतको औषधि नियामक निकायले अनुमोदन गरेको छ ।

‘मोल्न्यूपिरभीर’ चक्की कोरोना भाइरसको सङ्क्रमणबाट जोखिम समूहमा पर्ने बिरामीलाई दिनमा दुई पटक दिइनेछ ।

सुरूमा रुघाखोकीको उपचारका लागि विकास गरिएको यो चक्कीले अस्पताल भर्ना हुनुपर्ने जोखिमलाई आधाले घटाइदिएको क्लिनिकल परीक्षणबाट देखिएको छ ।

बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविदले दुर्बल तथा रोगप्रतिरोधी क्षमता कमजोर भएका मानिसका लागि यो औषधि महत्त्वपूर्ण हुने बताएको बीबीसीले जनाएको छ ।

कोरोनाका बिरामीलाई घरमै लैजान सक्ने एन्टिभाइरललाई अनुमोदन गर्ने बेलायत विश्वकै पहिलो देश बनेको स्वास्थ्यमन्त्रीको वक्तव्यमा उल्लेख छ । ‘मोल्न्यूपिरभीर’ अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्युटिक्सले बनाएको हो । 

यो औषधि सुईको रूपमा लिनुभन्दा खान सकिनेछ । कोरोनाबाट सङ्क्रमण भएर हल्कादेखि मध्यमसम्मका लक्षण देखिएका र अवस्था गम्भीर हुन सक्ने कारक भएका, वृद्धावस्था, मधुमेह वा मुटुसम्बन्धी रोग भएका मानिसमा यो औषधि प्रयोगको अनुमति दिइएको बेलायतको औषधि नियामक एमएचआरएले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया