उत्तर कोरियामा भोकमरीको अवस्था भयावह बन्दै गएको चेतावनी

 कात्तिक १९, २०७८ शुक्रबार १५:१३:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – उत्तर कोरियामा भोकमरीको अवस्था सन् १९९० को जस्तै हुन थालेको उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेकाहरूले बताएका छन् ।

सन् १९९० मा उत्तर कोरियामा भोकमरीका कारण लाखौँ मानिसले ज्यान गुमाएका थिए । अहिले पनि दिनमा एक पटक पेट भर्न पनि निकै सङ्घर्ष गर्नुपर्ने अवस्था आएको उत्तर कोरियाबाट भागेकाहरूलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

हिउँदयाम नजिकिँदै गर्दा खाद्य अभाव झनै खराब अवस्थामा पुग्ने अनुमान छ । सडकमा अनाथ बालबालिकाको सङ्ख्या बढ्नुका साथै भोककै कारण दैनिक ज्यान गइरहेको समाचार संस्था डेली एनकेले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घले उत्तर काेरियामा दुईदेखि तीन महिनासम्म अन्नको अभाव हुने आकलन गरेको छ । किम जाेङ उनले पनि अन्नको जोहो गर्न र बाली भित्राउन मद्दत गर्न निर्देशन दिएको बताइएको छ ।

कोरोना महामारीका कारण सीमाहरू बन्द गरिएका छन् भने परमाणु कार्यक्रम विवादका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध पनि खेपिरहेको छ । खेतीका लागि सेनासहित हजारौँ मानिस खटाएको भए पनि लामो खडेरीका कारण उत्पादन सोचे अनुसार भएको छैन ।

विज्ञहरूका अनुसार उत्तर कोरियाले नयाँ सैन्य प्रविधि र हतियारमा प्रतिस्पर्धा गरे पनि कृषिमा आधुनिक प्रणाली विस्तार भएको छैन ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया