अमेरिका : साङ्गीतिक महाेत्सवमा भागाभाग हुँदा कम्तीमा ८ जनाकाे ज्यान गयाे, ३०० घाइते

 कात्तिक २०, २०७८ शनिबार १४:८:४६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको टेक्सास राज्यको ह्युस्टन सहरमा आयोजित साङ्गीतिक महोत्सवमा भागाभाग हुँदा कम्तीमा आठ जनाको ज्यान गएको छ ।   

ट्राभिस स्कटको एस्ट्रोवर्ल्ड महोत्सवमा भिड मञ्चको अगाडि जान खोज्दा भागभाग मच्चिएको आपत्कालीन सेवाका अधिकारीहरूले बताएका छन् । 

अधिकारीहरूका अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो र आठ जनाको ज्यान गयो । भागाभाग हुँदा झन्डै तीन सय जनालाई चोटपटक लागेर उपचार गरिएको थियो । 

साङ्गीतिक महोत्सवमा झन्डै ५० हजार मानिस उपस्थित भएको अधिकारीहरूले बताएका छन् । 

याे घटना स्थानीय समयअनुसार हिजाे शुक्रवार राति ११ बजेकाे समयमा भएको थियो।

ह्युस्टनका अग्नि नियन्त्रक प्रमुख ​स्यामुएल पेनाले भने, ‘भिड बिस्तारै–बिस्तारै मञ्चतर्फ बढ्न लाग्दा मानिसकाे भिडले मञ्चकाे अघिल्लाे भागलाई थिचेपछि मानिसहरू डराउन थाले ।’ 

भागाभागमा परि मानिसहरू घाइते भएपछि त्यहाँ उपस्थित अरू मानिस झनै आत्तिएका पेना बताउँछन् । 

ह्युस्टन सहरकै र्‍यापर ट्राभिस स्कटले आफ्ना अगाडि बसेका दर्शकहरूबीच तनाव सिर्जना भएकाे देखेपछि आफ्नो ७५ मिनेट लामो प्रस्तुति अवधिमा धेरै पटक रोकिन पुगेका थिए । 

यस महाेत्सवका आयाेजकले घटनाकाे गम्भीरतालाई हेर्दै कार्यक्रम नै रद्द गरेकाे छ । महोत्सवको दोस्रो र अन्तिम दिन आज शनिवार हुने कार्यक्रम रद्द गरिएको हाे ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया