सियरा लिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ९८ पुग्यो

 कात्तिक २१, २०७८ आइतबार ८:४३:२० | एजेन्सी
unn.prixa.net

तस्बिरः गेट्टी इमेज

काठमाण्डौ - सियरा लिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ९८ पुगेको छ ।

राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा ९८ जनाको ज्यान गएको हो । अरू ३० जनाको अवस्था गम्भीर छ । उपराष्ट्रपति मोहम्मद जुल्डेह जाल्लोहले अस्पतालमा झण्डै ८० जनाको उपचार भइरहेको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उपचार भइरहेका उनीहरूको शरीरका धेरै भाग जलेका छन् । घाइते हुनेमा महिला र बालबालिका पनि छन् । ट्याङ्कर ठोक्किएपछि तेल पोखिएको र आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । ज्यान गुमाउने र घाइते हुनेहरू दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदल यात्री, सडकका व्यापारीलगायत रहेका छन् ।

सियरा लिओनका राष्ट्रपति जुलियस मादा बायोले ठुलो मानवीय क्षति हुने गरी भएको दुर्घटना र आगलागीको घटनाले आफूलाई अति दुखित बनाएको बताउनुभएको छ ।

उहाँले शोक वक्तव्य मार्फत पीडित परिवारलाई सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया