सुन चाँदीको कारोबार पुरानै लयमा फर्कियो, आज सुनकाे भाउ तोलामा १५ सय रुपैयाँ बढ्यो

 कात्तिक २२, २०७८ सोमबार ११:३६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यो तिहारमा सुन चाँदीको कारोबार पुरानै लयमा फर्किएको छ । पोहोर कोरोनाको कारण सुन चाँदीको कारोबार ठप्प भएको थियो ।

यसपालि कोरोना भाइरसको सङ्क्रमण केही कम भए पछि उल्लासका साथ दशैँ तिहार मनाइएकाले सुन चाँदीको कारोबार पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यकाअनुसार तिहारको चार/पाँच दिन अघिदेखि नै सुनको माग दैनिक ४० किलो थियो भने चाँदीको माग दैनिक दुई हजार किलो थियो  ।

तिहार सुरु भए पछि पनि कारोबार यही गतिमा भएको उहाँले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमण अघि सुन चाँदीको यस्तै कारोबार हुने गरेको थियो । तर कोरोना भाइरसको सङ्क्रमण फैलिन थाले पछि सुन चाँदीको कारोबार ठप्प भएको थियो ।

ठप्प जस्तै भएको सुन चाँदीको कारोबार फेरि पुरानै अवस्थामा फर्किए पछि व्यवसायी उत्साहित भएका छन् । यसपालिको दशैँ र तिहारमा सुन पसलमा ग्राहकको भीड थियो ।

यस्तै, आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ ।

लक्ष्मी पूजाको दिन तोलामा ९१ हजार रुपैयाँ रहेको सुनको भाउ आज एकै पटक तोलामा १५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १२ सय ५० रुपैयाँमा पुगेको  छ ।  सार्वजनिक बिदा सकिएलगत्तै आजदेखि सुन चाँदीको मूल्य तोक्न थालिएको हो । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया