भारतको उत्तर प्रदेशमा ८९ जनामा जिका भाइरसको सङ्क्रमण देखियो

 कात्तिक २२, २०७८ सोमबार १७:१८:२६ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – भारतमा जिका भाइरसको सङ्क्रमण देखिएको छ । उत्तर प्रदेशको सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्लामा १७ जना बालबालिकासहित कम्तीमा ८९ जनामा जिका भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

कानपुरका प्रमुख मेडिकल अधिकृत डाक्टर नेपाल सिंहले पछिल्ला दिनमा सङ्क्रमण बढ्दो क्रममा रहेको बताएका खबरमा उल्लेख छ । भारतमा पहिलो पटक सन् २०१७ मा गुजरातमा जिका भाइरसको सङ्क्रमण देखिएको थियो ।

अहिले कानपुरपछि उत्तर प्रदेशमा सङ्क्रमण देखिनु डरलाग्दो विषय भएको भन्दै स्वास्थ्य अधिकारीहरूले प्रकोपको निगरानी गर्न र फैलावट रोक्न टोली गठन गरेको बताएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिका भाइरस सहरमा छिटो फैलिएको उल्लेख गर्दै अधिकारीहरूलाई विशेष सावधानी अपनाउन र अनुगमन गर्न निर्देशन दिएको समाचार संस्था एएनआईले जनाएको छ ।

लामखुट्टेको टोकाइ र यौन सम्पर्कबाट सर्ने यो भाइरस मानिसको दिमाग खुम्चने र रोग प्रतिरक्षा प्रणाली कमजोर हुने विषयसँग जोडिएको हुन्छ ।

जिका भाइरस पहिलो पटक सन् १९४७ मा युगान्डाकाे बाँदरमा पहिचान भएको थियो । यसको अहिलेसम्म कुनै औषधि पत्ता नलागेकाले सङ्क्रमण हुनै नदिनु नै रोकथामको एकमात्र उपाय भएको डाक्टरहरूले  बताएका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया