एलन मस्कले टेस्लाको १० प्रतिशत शेयर बेच्ने प्रस्ताव राखे, ट्विटर प्रयोगकर्ताले भने ‘हुन्छ’

 कात्तिक २२, २०७८ सोमबार १९:५:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – टेस्लाका प्रमुख कार्यकारी निर्देशक (सीईओ) एलन मस्कले कम्पनीमा आफ्नो १० प्रतिशत हिस्सा (शेयर) बेच्ने प्रस्ताव राख्दा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको समर्थन गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एलन मस्कले ट्विटरमा राखेका पोलमा हुन्छ (यस) विकल्पमा सबैभन्दा धेरै मत दिएका हुन् । 

एलन मस्कले आफ्नो ट्विटर ह्यान्डलमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूसँग सुझाव मागेका थिए । एलन मस्कले एक पोल बनाएका थिए र उनले के मैले टेस्लाकाे आफ्नो १० प्रतिशत शेयर बेच्नुपर्छ ? भनेर प्रश्न गरेका थिए । 

ट्विटरमा राखिएको यो पोलमा ३५ लाखभन्दा धेरैले मत दिए र धेरैले यस मा क्लिक गरे । यही कारण ट्विटर प्रयोगकर्ताहरू एलन मस्कले टेस्लामा आफ्नो १० प्रतिशत हिस्सा बेच्नुपर्ने बताउँछन् । 

अमेरिकामा अर्बपतिमाथि धेरै कर दिन दबाब बढिरहेका बेला टेस्लाका सीईओ एलन मस्कले आफ्नो कम्पनीमा १० प्रतिशत शेयर बेच्नका लागि मानिसहरूसँग सुझाव मागेका थिए । टेस्लाका सीईओ मस्कसँग वर्तमान शेयरको मूल्य झन्डै तीन सय अर्ब डलर छ । 

गएकाे सेप्टेम्बरमा काेड कन्फ्रेन्समा एलन मस्कले टेस्लामा इंकमा आफ्नाे 'स्टक अपरेशन' सकिन लागेकाे बताएका थिए । यसका लागि उनले सरकारलाई ५० प्रतिशतभन्दा धेरै कर चुकाउनुपर्ने हुन सक्छ । यही कारण उनी स्टक अपरेशन सकिनुअघि आफ्नाे शेयर बेचेर पैसा जुटाउन चाहन्छन् ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया